‘असहमतिको दस्तावेज’ सर्वाेत्कृष्ट कविता

लोकपथ
21
Shares

भरतपुर । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले ८७ औँ भूपि जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा यज्ञप्रसाद न्यौपानेको ‘असहमतिको दस्तावेज’ सर्वाेत्कृष्ट भएको छ ।

सुजन थपालियाको ‘आमा’ कविता उत्कृष्ट, राधिका कल्पितको ‘पेन्सन’ कविता उत्तम, जनक कार्कीको ‘चिहान खनिरहेको मान्छे’ र नारायणी अधिकारीको ‘दुर्गा भवानी उठ’ भन्ने कविताले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट, उत्कृष्ट, उत्तम र प्रोत्साहन स्थान हासिल गर्नेलाई महानगर प्रमुख रेनु दाहालले क्रमशः ४० हजार ७८, ३० हजार ७८, २० हजार ७८ र दुई जनालाई १० हजार ७८ र प्रमाण–पत्र प्रदान गरिन् ।

सो अवसरमा प्रमुख दाहालले कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए । कार्यक्रममा उनले कला, साहित्य तथा संस्कृतिको जर्गेना गर्न महानगरले प्रतिष्ठानको स्थापना गरेको उल्लेख गरिन्।

भरतपुर प्रज्ञा–प्रतिष्ठानको कुलपति रहेकी मेयर दाहालले कला साहित्यको क्षेत्रमा कमल चलाउनेलाई सानो भए पनि आर्थिक सहयोग प्रदान गरेर देशको छ वटा महानगरपालिकामध्ये भरतपुरले नयाँ कामको थालनी गरेको बताइन् । देशका ४० जिल्लाबाट एक सय १५ प्रतियोगी आफ्ना सिजर्नाका साथमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?