काठमाडौं : (ने.क.पा.) नेतृत्वको सरकारले बजेटमार्फत कर बढाएपछि भोगिरहेको अालोचना अझै मत्थर भर्इसकेको छैन । अर्थमन्त्री डा. युवराज खतिवडा र मुख्य नेताहरूले कर बढाउनु स्वाभाविक भएको दाबी गरेपनि व्यवसायीहरूले भने अार्थिक बर्षको ५ महिना बितिसक्दा पनि सरकारको अालोचना गरिरहेका छन् ।
नेपाल अार्थिक पत्रकार समाज (सेजन) ले शनिबार राजधानीमा अायोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री खतिवडामाथि नेपाल उद्योग वाणिज्य महासंघ (एनएनसीसीअार्इ) की अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बढी कर उठाएको भन्दै अालोचना गरे ।
हाल व्यवसाय कर नै तिर्न कठिन भएको तर्क राखेकी भवानी राणालार्इ साथ दिँदै अग्रवालले हाल सरकारले जीडिपीको २९% कर उठार्इरहेकोमा अाक्रोश व्यक्त गरे ।
एउटै मञ्चमा रहेका अर्थमन्त्री डा. खतिवडाले चाहिँ व्यवसायीको तर्क ठीक नभएको बताए । करका बारे बाहिर धेरै हल्ला भएको, तर व्यवसायी वा अालोचकले दाबी गरेजस्तो जीडिपीको ३०% कर नउठार्इएको खतिवडाले जिकिर गरे ।
चालु अार्थिक बर्षमा केन्द्रले ७ खर्ब ३२ अर्ब र स्थानीय तहले ४० अर्ब रूपैयाँमात्रै कर उठाउने लक्ष्य राखेको उल्लेख गर्दै डा. खतिवडाले प्रचार भएजसरी सरकारले कर उठाउने काम नगरेको दाबी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया