सिरी ‘ए’ फुटबलमा युभेन्ट्स विजयी, रोनाल्डोले गरे चाल्र्सको कीर्तिमानसँग बराबरी

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन युभेन्ट्स विजयी भएको छ । 

शनिवार राति सम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले फियोरेन्टिनालाई ३-० गोल अन्तरले हराउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । खेलको ३१ औँ मिनेटमा फियोरेन्टिनाका लागि रोड्रिगो बेन्टानकरले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको युभेन्ट्सका लागि खेलको ६९ औँ मिनेटमा जर्जियो चिलिनीले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर अग्रता दिलाए । त्यस्तै ७९ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

त्यसपछि खेलमा थप गोल भएन र खेल युभेन्ट्सले ३-० ले आफ्नो पक्षमा पा-यो । यसैबीच पोर्चुगिस स्टार रोनाल्डोले युभेन्ट्सका लागि पहिलो सिजनमा १४ खेलबाट १० गोल पुरा गर्दै पूर्व खेलाडी चाल्र्सले बनाएको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

जितपछि युभेन्ट्सले ४० अंक बनाएको छ । त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा साम्पडोरियाले बोलोग्नालाई ४-१ गोल अन्तरले पराजित ग-यो । यता स्पाल र इम्पोलीबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?