काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुखको देवराज जोशीले नयाँ सरकार गठनका लागि पुस २७ गतेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नआएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको हो ।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनको प्रक्रिया शुरु भएको हो ।
५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेपाली कांग्रेस पहिलो दल बनेको छ । नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा स्वतन्त्रबाट निर्वाचित एक सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया