राष्ट्र बैंकले संशोधन गर्यो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासमबन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ ।

जसअनुसार १ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गरिएको छ ।

समग्र बैंकिङ्ग प्रणालीबाट कुल १ करोड वा सोभन्दा कम चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही चालू पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

तर, चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार भने मार्गदर्शनबमोजिम नै हुनुपर्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कार्तिक १ गतेदेखि लागू गरेको चालू पुँजीसम्बन्धी मागद मार्गदर्शन संशोधन गरेको हो ।

राष्ट्र बैंकले ल्याएको मार्गदर्शन कार्यान्वयनमा आएसँगै निजी क्षेत्रले २ वर्ष त्यसको कार्यान्वयन गर्न नहुने भन्दै दवाव दिँदै आएका थिए ।
निजी क्षेत्रको दबाबपछि राष्ट्र बैंकले तत्कालको लागि उक्त संशोधन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?