म्याच फिक्सिङ : सीआईबीले थाल्यो अनुसन्धान

लोकपथ
105
Shares

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा म्याच फिक्सिङ भएको आरोपसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान शुरु गरेको छ ।

गृहमन्त्रालयले म्याच फिक्सिङको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएपछि अनुसन्धान अघि बढाइएको हो । गृहबाट निर्देशन आएपछि प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो ।

प्रहरी प्रधान कार्यालयको पत्र पाएपछि अनुसन्धान अगाडी बढाइएको सीआईबीका प्रवक्ता एसपी कमल थापाले लोकपथलाई जानकारी दिए ।

‘प्रहरी प्रधान कार्यालयबाट पत्र आएपछि हामाीले अनुसन्धान शुरु गरेका छौं । क्यानको आग्रहमा यसअघि पनि हामीले यो लिग शुरु भएदेखि नै बेटिङको विषयमा अनुसन्धान शुरु गरिरहेका थियौँ अहिले म्याच फिक्सिङको विषय आएको छ ।’ प्रवक्ता थापाले लोकपथलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?