ओरिगीको निर्णायक गोलमा लिभरपुल विजयी, चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत लिभरपुल विजयी भएको छ । 

आफ्नो घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको १४ औँ चरणको खेलमा लिभरपुलले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।

लिगको दोस्रो स्थानमा रहेको लिभरपुललाई छैटो स्थानमा रहेको एभर्टनले खेल अवधिभर कडा चुनौती दिएको थियो ।

खेलको इन्जुरी समयमा लिभरपुलका लागि डिभोक ओरिगीले एक मात्र गोल गर्दै क्लबलाई जीत दिलाए । जितपछि लिभरपुलले ३६ अंक बनाएको छ । लिभपुलले लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँगको दुरी २ अंकमा घटाएको छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा फुलह्यामलाई पराजित गर्दै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

चेल्सीले फुलह्यामलाई २-० गोल अन्तरले पराजित ग-यो । चेल्सीको जीतमा खेलको चौथो मिनेटमा पेड्रोले तथा ८२ औँ मिनेटमा रुबेन लोफटस चेकले समान एक-एक गोल गरे ।

निर्धारित समयसम्म फुलह्यामले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बहो¥र्यो । यो जीतपछि चेल्सीले १४ खेलबाट ३१ अंक बनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?