एजेन्सी । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको चौथो स्थानमा उक्लिएको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा आर्सनलले टोट्नह्यामलाई ४-२ गोल अन्तरले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको हो ।
खेल शुरु भएको १० मिनेटमा नै आर्सनलले गोल ग-यो । पेरिक एम्रिक आबुमियाङले पेनाल्टीमा गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका हुन् । खेलको ३० औँ मिनेटमा टोट्नह्यामका लागि एरिक डायरले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
३४ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोट्नह्यामलाई २-१ को अग्रता दिलाए । पहिलो हाफसम्म २-१ गोलले पछि परेको आर्सनलले सुधारिएको खेल खेल्दै दोस्रो हाफमा थप तीन गोल ग-यो ।
खेलको ५६ औँ मिनेटमा डायरले दोस्रो गोल गरे । ७४ औँ मिनेटमा एलेक्जेन्डर लाकाजेट्सले गोल गरे । एक पक्षिय रहेको खेलको ७७ औँ मिनेटमा कास टोरियाले गोल गर्दै खेललाई ४-२ को स्थितीमा पु-याए ।
८५ औँ मिनेटको खेल चलिरहँदा जान भेट्रोनघेन दोहोरो पहेलो कार्ड खादैँ मैदानबाट बाहिरिएपछि टोट्नह्याम १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलमा थप गोल भएन र खेल आर्सनलले ४-२ गोल अन्तरले जित्यो ।
जितपछि आर्सनलले १४ खेलबाट ३० अंक बनाएको छ । समान ३० अंक नै बनाएको टोट्नह्याम भने पाँचौ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३८ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया