अमेरिका र चीनबीच नयाँ व्यापारिक समझदारी : एशियाली अर्थ बजारमा सुधार

काठमाडौं । अमेरिका र चीनबीच नयाँ व्यापारिक समझदारी भएसँगै एशियाली अर्थ बजारमा सुधार देखिन थालेको छ । 

जी–२० राष्ट्रहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सि जिनपिङले नयाँ व्यापारिक योजना ९० स्थगीत गर्ने समझदारी गरेका थिए । 

दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको असर एशियाली बजारले खेप्दै आएको थियो । तर, अहिले दुई देशबीच भएको नयाँ व्यापारिक समझदारी पछि   एशियाली बजारमा सुधारको संकेत देखिएको बीबीसीमा उल्लेख छ । 

पछिल्लो सहमतीपछि एशियाली मुलुक जापानी शेयर बजारमा १ र हङकङको बजारमा २ प्रतिशतको सुधार देखिएको छ भने अन्य एशियाली मुलुकका शेयरबजारमा सुधारको संकेत आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?