लिग लिडर पेरिस सेन्ट जर्मेन बराबरीमा रोकियो

एजेन्सी । फ्रेन्च लिग वान फुटबल प्रतियोगिता अन्तर्गत लिग लिडर पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ बराबरीमा रोकिएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा ‘पिएसजी’ले बोर्डोससँग २-२ गोलको बराबरीमा रोकिएको हो । खेलको ३४ औँ मिनेटमा नेयमारले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले पछाडि रहेको बोर्डोसका लागि खेलको ५३ औँ मिनेटमा जीमी ब्रान्डले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६६ औँ मिनेटमा ‘पिएसजी’का लागि केलियन एमबाप्पेले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ८४ औँ मिनेटमा बोर्डोसका लागि आन्द्रियास कोर्निलसले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल भएन र खेलमा बराबरी खेल्यो । बराबरीपछि लिगको शीर्ष स्थानमा रहेको ‘पिएसजी’ १५ खेलबाट ४३ अंक बनाएको छ । 

त्यस्तै आइतवार राति नै भएको टौलेस र डिजोनले पनि २-२ गोलको बराबरी खेल्यो । यता स्टार्सवर्गले रेन्नेसलाई ४-१ गोल अन्तरले हरायो । मार्सिल्ले र रेम्सबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?