म्याच फिक्सिङ प्रकरण : छानबिन गर्न राखेपद्वारा समिति गठन

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काठमाडौंमा जारी नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा म्याच फिक्सिङ आरोप लागेपछि घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ ।

परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।

राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?