काठमाडौं। जोशी हाइड्रोपावरले सर्वसाधरणको लागि सोमवारदेखि प्राथमिक शेयर निष्काशन गरेको छ ।
खराब रेटिङ पाएको जोशी हायड्रोपावरले सर्वसाधरणको लागि सोमवारदेखि १६ लाख ९० हजार ४ सय ७० कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो । हाईड्रोपावरले प्रभावित क्षेत्रका बसिन्दालार्इ निष्काशन गर्दा नबिकेको दुर्इ लाख ४२ हजार कित्ता शेयर पनि यसैमा समावेश गरेको हो ।
‘पे व्याक पिरियड’ अर्थात साधारणमा लगानी फिर्ता हुने अवधि नै ११ वर्ष लाग्ने भएपछि स्थानीय प्रभावित क्षेत्रका बासिन्दा आकर्षित भएका थिएनन्। कम्पनीले कर्मचारीहरुको लागि प्रति शेयर एक सय को दरमा ५० हजार ७ सय१४ कित्ता शेयर सुरक्षित गरेको हो ।
८४ हजार ५ सय २३ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।
न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्मको लागि छिटोमा मंसिर १९ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १६ गतेसम्म आवेदकले आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
तीन मेगावाट क्षमताको यस आयोजनाको जम्मा लागत ५५ करोड ३५ लाख छ भने प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ। वित्तीय अवस्था धेरै नै कमजोर भएकोले कम्पनीको क्रेडिट रेटिङ सबैभन्दा कमजोर इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको हो ।
आयोजना निर्माणको लागि आवश्यक बजेट ६५ प्रतिशत ऋण र ३५ प्रतिशत शेयर पूँजीबाट जुटाउने छ। प्राथमिक शेयर निष्काशनपछिको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ पुग्नेछ।
इलामको मझुवा खोलामा यो आयोजना निर्माण गरिएको छ। हाइड्रोलोजीमा धेरै खर्च र बढ्दो व्याज दरको कारणले आयोजनाको निर्माण लागत धेरै देखिएको हो।
साथै भोलिका दिनमा लगानीकर्ताले पाउन सक्ने प्रतिफल पनि कमजोर हुँदा रेटिङ कम आएको हो। प्राथमिक शेयर आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया