डीएभी कलेजद्वारा डेढ लाख पुरस्कार राशीको प्रथम वीसीए फुटसल कप सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । ललितपुरस्थित डीएभी कलेजले सर्वाधिक डेढ लाख पुरस्कार राशीको प्रथम वीसीए फुटसल कप सम्पन्न भएको छ । पौष १४ गतेदेखि १६ गतेसम्म डीएभी कलेजकै फुटसल ग्राउण्डमा आयोजना भएको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बत्तीस बीसीए कलेजहरुको सहभागिता रहेको थियो ।

टुर्नामेन्टको उद्घाटन सत्रमा राष्ट्रिय टीमका पूर्वकप्तान बिराज महर्जन, अन्डर—ट्वान्टी राष्ट्रिय टीमका प्रमुख प्रशिक्षक मेघराज के.सी., डीएभी कलेजका अध्यक्ष अनिल केडिया, डीएभी कलेजका एकेडेमीक डाइरेक्टर सुमन बस्नेत र बीसीए कलेजका प्रोग्राम कोअर्डीनेटर शशि भूषण चतुर्वेदी सहभागि भई खेलाडीहरुलाई हौषला प्रदान गरेका थिए ।

बीसीए कलेजहरु बीच नेपालमै प्रथम पटक आयोजना गरिएको बीसीए कप मेन्स ईन्टरकलेज फुटसल टुर्नामेन्ट २०२२ को ट्रफी नेपालय कलेज कलङ्की काठमाडौंले आफ्नो पोल्टामा पार्दै एक लाख रूपैयाँ हात पार्‍यो ।

त्यसैगरी रनर—अप स्थान हाँसिल गर्दै जय मल्टीपल क्याम्पस जोरपाटी काठमाडौंले पचास हजार रूपैयाँ सहित रनर—अप ट्रफी हात पार्‍यो ।

विजेता र उप–विजेता दुवै टोलीलाई मेडलसहित मेरीट सर्टीफीकेट र गीफ्ट ह्याम्पर द्वारा समेत सम्मान गरिएको थियो ।

यसैबीच पाष्कल कलेजका डिकेश पहरीले टप स्कोरर अर्वाड, नेपालय कलेजका सुजन राणाले बेष्ट पेल्येर अर्वाड र जय मल्टीपल क्याम्पसका सुजन के.सी. ले बेष्ट गोलकीपर अर्वाड जीत्न सफल भए ।

टुर्नामेन्टलाई भव्य एवम् सभ्य रुपमा सम्पन्न गर्न एन्फामा आबद्ध रेफ्रीद्वय उज्वल लिम्बु र शुक्र राज घलेको उल्लेखनिय योगदान रहेको थियो ।
टुर्नामेन्ट अवधिभर सहभागि कलेजका विद्यार्थी र शिक्षकहरु गरी करिब पाँच हजार दर्शकहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिता वीज्जी डीएभीएनस् ईभेन्ट क्लबको आयोजना र डीएभी कलेजको सर्मथनमा सञ्चालन गरिएको हो ।

टुर्नामेन्टको सञ्चालन विभागिय प्रमुख सुदिप अधिकारी, वीज्जी डीएभीएनस् ईभेन्ट क्लबका प्रेसीडेन्ट मिलीन शाक्य र भाइस—प्रेसीडेन्ट दिपेश शाक्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?