सामसङले ल्यायो ‘ग्यालेक्सी ए०४इ’ बजारमा

लोकपथ
0
Shares

काठमाडौं । सामसङले ‘ग्यालेक्सी ए सिरीज अन्र्तगत ए०४इ’ मोबाइल फोन बजारमा ल्याएको छ । दुअल क्यामेरा र फास्ट चर्जिंग टाइप–सी पोर्टको साथ ए–सिरिजको नयाँ इन्ट्री–लेभल लन्च, ग्यालेक्सी ए०४इ एक फुल प्याकेज फोन सामसङले बजारमा ल्याएको हो ।

वेल–राउण्डेड सुबिधाहरु सहित यो फोनले नयाँ प्रयोगकर्ताहरूलाई स्मार्टफोनको संसारमा सजिलै संक्रमण गर्न मद्दत गर्छ । सामसङ सधैं आफ्नो सबै ग्राहकहरुका लागि आफ्नो प्रविधि ल्याउन प्रतिबद्ध हुन्छन, र त्यसमा पनि गुणस्तरीय सुविधाहरू प्रदान गरिरहेका हुन्छन, जसले गर्दा बजारमा उनीहरूको मूल्य जहिलै उच्च राखेको छ ।

नयाँ पुस्ताले हरेक पलको सदुपयोग गर्न आवश्यकता, चाहे काम गर्नेको लागि होस् या केहि राम्रो समय बिताउनको लागि होस्, र हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन उपलब्ध गराउने सामसङ प्रतिबद्धताले स्मार्टफोनको संसारमा ग्लोबल लिडर सामसङले ल्याएको छ, लोकप्रिय ए–सिरिजको सबभन्दा नयाँ सदस्य, ग्यलाक्सी ए०४इ ।

ए–सिरिजको यो पछिल्लो लन्च, ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो जसमा ३ जी बि र्याम छ र ३२ इन्टर्नल मेमोरीको भेरियन्टमा आउँछ । यसमा थप १ टि बि एक्सतर्नल स्टोरेज स्पेस माइक्रो एस डी कार्डद्वारा जोड्न सकिन्छ । तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ । नयाँ ग्यालेक्सी ए०४इ को मूल्य १३ हजार ४ सय ९९ रहेको छ ।

ग्यालेक्सी ए०४इ मा ३ वटा क्यामेरा समावेश छन् । रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एम पी रहेको छ र यसको साथ–दिन २ एम पीको देप्थ क्यामेरा छ । फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ । यी ३ क्यामेराहरुको कम्बोबाट तपाईले आफ्नो लागि धेरै यादगार पलहरुको सिर्जना गर्नुको साथै यी पलहरु ग्यालेक्सी ए०४इ मा रहेको उत्कृष्ट डिस्प्लेमा आजीवन यी सम्झनाहरूको आनन्द लिन सक्नुहुन्छ ।

ग्यालेक्सी ए०४इ को ६ दशमलव ५ इन्च स्क्रिन ७२० वाई १६०० पिक्सल रेसोलुशन को साथ आउँछ । यो ठुलो स्क्रिन साइजले प्रयोगकर्ताहरुलाई आफ्नो स्क्रिनको कन्टेन्टसँग पूर्ण रूपमा डुब्न दिन्छ । यसको इन–सेल टच एल सी डीपी एल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा इन्हान्सद स्पष्टता दिनुको साथ साथै थप फिचरहरुको लागि थप स्पेस पनि दिन्छ ।

यो फोनमा टाइप–सी चार्जिङ पोर्ट छ, जसले अन्य चार्जिङ केबलहरू भन्दा बढी प्रभावकारी र छिटो चार्ज गर्ने विकल्प दिन्छ । यसको ५ हजार एमएएच ब्याट्रीले ४० घण्टा सम्म, बिना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टायम दिन सक्छ । यसको साथ तपाईले अब आफ्नो फोनमा आफ्नो फुर्सदको समय होस् या कामको लागि चार्जिङ पोर्ट कहाँ छ भनेर चिन्ता नलिएर बिताउन सकिने छ ।

ग्यालेक्सी ए०४इ कालो, कपरर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरुमा उपलब्ध छ । इन्ट्री–लेभल लन्च भएपनि यो फोनको एडभान्स क्यामेराले यसको उपलब्ध हुने इन्ट्री–लेभलका अन्य फोनहरू भन्दा केहि स्थर माथि नै राख्छ । यो फोनले आफ्नो वेल–राउण्डेड फिचरको साथ दैनिक कार्यहरूमा उत्कृष्ट सहायता प्रदान गर्नुको साथ साथै कन्सिस्टेन्त आउटपुट दिइरहन्छ ।

सामसङको स्मार्टफोन रोस्टरको यो नयाँ फोनले कम्पनीको हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई समर्थन दिएको छ । नयाँ ग्यालेक्सी ए०४इ आफ्नो प्रतिस्पर्धीहरू भन्दा अधिकतम सुविधाहरु आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याउन सकेको छ ।

यस्तै, नयाँ प्रगतिहरुको कारणले गर्दा सामसङ आफ्नो प्रतिस्पर्धीहरू भन्दा सधै अघि हुन सफल रहेको छ । यसको डिस्प्ले र क्यामेराहरूमा उत्कृष्ट गुणस्तरता त टाइप–सी चर्जिंगबाट हुने छिटो र यसको लामो समयसम्म चल्ने ब्याट्री सब मिलेर तपाईले लामो समयसम्म यसको सबै उत्कृष्ट सुविधाहरू प्रयोग गर्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?