काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ले दुई सूचीकृत कम्पनीको सम्पुर्ण कारोबार बन्द गरेको छ ।
नेप्सेले नाडेप लघुबित्त वित्तीय संस्था र नेपाल ल्युब आएलको सबै कारोबार रोक्का गरेको बताइएको छ । दुई सूचीकृत कम्पनीले दोस्रो बजारको कारोबारमा फरक पार्ने खालका निर्णय तत्काल नेप्सेलाई नबुझाएको कारण कारोबार रोक्का गरिएको नेप्से जनाएको छ ।
नाडेप लघुबित्तको गत मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश दिने निर्णय गरेको थियो। तर, उक्त निर्णयको जानकारी संस्थाले १३ गते साँझ मात्रै नेप्सेलाई दिएको थियो ।
यता नेपाल ल्युब आयलले पनि गत मंसिर १३ गते गरेको निर्णय १६ गते मात्रै नेप्सेलाई दिएको कारण दुवै कम्पनीको कारोबार रोक्का गरिएको बताइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया