बेलायती राजकुमार विलियमले आफूलाई कुटपीट गरेको प्रिन्स ह्यारीको आरोप

लोकपथ
28
Shares

काठमाडौं । बेलायती राजकुमार विलियमले आफूलाई कुटपीट गरेको भाई प्रिन्स ह्यारीले आरोप लगाएका छन् । आफ्नी पत्नी मेघानको विषयमा विलियमले शारिरीक रुपमै आफूमाथि आक्रमण गरेको आरोप उनले लगाएका हुन् ।

ह्यारीको संस्मरणमा बजारमा आउन लागेको पुस्तक स्पेयरको प्रति आफूले पाएको र यसबारेमा यो प्रसंग उल्लेख गरेको गार्जियनले लेखेको भन्दै बीबीसी अनलाइनले जनाएको हो ।

गार्जियनका अनुसार प्रिन्स ह्यारीले भनेका छन्, ‘उसले मलाई कलरमा पक्रियो, मेरो हार चुँडालिदियो अनि भुईंमा लडायो ।’ यसबारेमा केन्सिंगटन प्यालेसले भने कुनै टिप्पणी नगर्ने जनाएको छ ।

बीबीसीले भने स्पेयर पुस्तक अहिलेसम्म नहेरेको भन्दै आफ्नो समाचारमा लेखेको छ, राजघरानाको प्रतिनिधित्व गर्ने बकिंघम प्यालेसले पनि यसबारेमा कुनै टिप्पणी गर्न चाहेन ।

गार्जियनका अनुसार सन् २०१९ मा लण्डनस्थित उनको निवासमा राजकुमार विलियमले ह्यारीका बारेमा गरेको टिप्पणीपछि विवाद बढेको पुस्तकमा ह्यारीले उल्लेख गरेका हुन् ।

अखबारका अनुसार राजकुमार विलियम भाइको मेघान मर्केलसँगको सम्बन्ध र विवाह नहोस् भन्ने चाहन्थे । विलियमले मर्केललाई अफ्ठ्यारी, असभ्य र लडाकूका रुपमा चित्रण गरेको पनि ह्यारीले पुस्तकमा लेखेको छन् । प्रिन्स ह्यारीको संस्मरणमा आधारित पुस्तक स्पेयर भने बजारमा आउने मंगलबारबाट मात्र आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?