नेपाल टी–२० लिगबारे देखिएको विवाद र घटनाक्रम बुझ्न आईसीसीको टोली नेपालमा

लोकपथ
28
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रतिनिधि नेपाल आएका छन् । काठमाडौंमा जारि नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आईसीसीको टोली नेपाल आएको हो ।

आईसीसीको टोलीले बिहिवार दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका थिए । त्यसअघि टोलीले टियू क्रिकेट मैदान पुगेर नेपाल टी–ट्वान्टीको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो ।

पछिल्लो समय नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधि भइरहेको चर्चा चलेको छ । यस बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत छानबिन गरिरहेको छ ।

यस्तै, राखेपले पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरिसकेको छ । राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?