काठमाडौं । ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत् उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
यसै सिलसिलामा बैंकले नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा स्थानीय समाजसेवी ओम घर्तिमगरको सहजीकरण र कृषक टोपबहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था दर्ता प्रक्रिया अघि बढाइएको छ ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गाउँपालिकाका प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा आयोजित आम जनभेलामा सम्बन्धित वडाका अध्यक्ष, स्थानीय बुद्धिजिवि, समाजसेवी, कृषक, उद्यमी लगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना, अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजीकरण गरेका थिए ।
सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया