काठमाडौं । मंगलवारदेखि नेपाल ईन्टरनेशनल ब्याडमिन्टन प्रतियोगिता शुरु हुँदैछ ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको यो प्रतियोगिताको सम्पुर्ण खेलहरु हल्चोकस्थित शसस्त्र प्रहरीको ‘एपीएफ’को ब्याडमिन्टन हलमा हुनेछ ।
विश्व ब्याडमिन्टन महासंघको स्विकृत तथा ब्याडमिन्टन एशियाको कार्यक्रम अनुसार यो प्रतियोगिता आयोजना गर्न लागिएको सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।
यो प्रतियोगितामा नेपालसहित २० राष्ट्रका ६१ महिला र १ सय १७ पुरुष खेलाडीहरुको सहभागिता रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल तथा मिक्स युगल गरि ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
यो प्रतियोगितामा नेपालका १६ पुरुष र १३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले पुरुष र महिला एकल खेलाडीहरुले ७ सय ५० डलर तथा दोस्रो हुनेले ३ सय ८० डलर प्राप्त गर्नेछन् । यता पुरुष युगल तथा महिला युगलतर्फको विजेताले ७ सय ९० तथा दोस्रोले ३ सय ८० डलर हात पार्नेछन् । प्रतियोगिता मंसिर २२ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया