बैंकिङ क्षेत्रको कुल कर्जा ४७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्यो

लोकपथ
14
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम ४७ खर्ब ६७ अर्ब रुपैंयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी यही पुस चार गते बुधबारसम्मको विवरण अनुसार सञ्चालनमा रहेका २५ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी समितका ५९ वटा संस्थाहरुले उक्त अनुपातमा कर्जा प्रवाह गरेका हुन ।

राष्ट्र बैंकका अनुसार उक्त कर्जा मध्येमा बाँणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम भने ४२ खर्ब २१ अर्ब रुपैंयाँ पुगेको छ । यस अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम भने पाँच खर्ब ४६ अर्ब रुपैंयाँ पुगेको छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने पछिल्लो अवधिमा ५३ खर्ब दुई अर्ब रुपैंयाँ पुगेको छ । उक्त निक्षेप मध्येमा बाँणिज्य बैंकहरुको मात्र कुल निक्षेप ४६ खर्ब ७५ अर्ब रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने छ खर्ब २७ अर्ब रुपैंयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?