विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि कल्याणी माविको अग्रसरता

लोकपथ
798
Shares

काठमाडौं ।  कल्याणी देवी माध्यमिक विद्यालयले  विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि अग्रसरता देखाएको छ ।

सोही अनुसार बेलकोटगढी नगरपालिका–८ मा रहेको यस विद्यालयमा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरुको क्षमता अविवृद्धिका लागि विद्यालयले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको र त्यसैको निरन्तरता दिएको हो ।

शुक्रबार नेपाल जुनियर युवा रेडक्रस सर्कल कल्याणी देवी माविले गरको वक्तृत्वकलामा कक्षा १० की छात्रा सरस्वती पुडासैनी प्रथम स्थान हासिल गरेकी थिइन् भने हाजिरी जवाफतर्फ सुजाता ढुङ्गानाको टिमले जित हासिल गरेको थियो ।

जुनियर र युवा रेडक्रस सर्कल कल्याणी देवी माविका अध्यक्ष सुरज भट्टको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगिताको प्रमुख अतिथि कल्याणी देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा जुनियरर युवा रेडक्रस सर्कल कल्याणी देवी माविका संरक्षक बुद्धि प्रसाद पुडासैनी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक पुडासैनीले सहभागी विद्यार्थीहरुलाई आगामी दिनमा बौद्धिक क्षमता अभिवृद्धिका लागि विद्यालयले यस्ता कार्यक्रमको आयोजनामा जोड दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?