काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् ।
लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ ।
लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अंकका साथ लिगको पुछारमा छ । विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको छ ।
एकमा बराबरी तीनवटा खेलमा पराजित हुँदै चार अङ्कका साथ तालिकाको ११ औँ स्थानमा छ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा पुलिस र सङ्कटा क्लब भिड्ने छन् । नेपाल पुलिस क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित १० अङ्कका साथ पाँचौ स्थानमा रहँदा सङ्कटा चारमा जीत र एउटामा पराजित हुँदै १२ अङ्कका साथ अङ्क तालीकाको चौथो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया