काठमाडौं । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।
क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन् । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।
कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो । डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया