विश्वकप रग्बीको ट्रफी बुधवार नेपाल ल्याइँदै

काठमाडौं । आगामी वर्ष जापानमा आयोजना हुने विश्वकप रग्बीको ट्रफी बुधवार नेपाल आइपुग्ने भएको छ । 

विश्व रग्बी ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी भोली ‘बुधवार’ नेपाल ल्याइन लागेको बताइएको छ । 

नेपाल रग्बी संघको पहलमा सो ट्रफी नेपाल ल्याउन लागिएको हो । ट्रफी मंसिर २३ गतेसम्म नेपालमा नै राखिनेछ ।  यो ट्रफीलाई सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको बताइएको छ । 

ट्रफीलाई यहि २० गते सगरमाथाको आधार शिविरमा लगिने कार्यक्रम रहेको छ  । २१ गते विश्व सम्पदा सूचीमा सुचिकृत स्थानहरु स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनीमा राखिनेछ । त्यस्तै २२ गते टुडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलको दौरान पनि ट्रफीलाई प्रदर्शनी राखिने बताइएको छ ।

विश्वकप रग्बीको ट्रफी नेपालमा पहिलो पटक ल्याउन लागेको हो । यसअघि नेपालमा विश्वकप फुटबल र क्रिकेटको ट्रफी ल्याइएको थियो । सन् २०१९ को सेप्टेम्बरमा आयोजना हुने विश्वकप रग्बी प्रतियोगितामा २० राष्ट्रहरुको सहभागिता रहनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?