‘ए’ डिभिजन लिग : पहिलो हाफमा संकटाको अग्रता, पुलिस दवावमा

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस र संकटा क्लबबीचको पहिलो हाफको खेल सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको पहिलो हाफसम्म संकटा क्लबले २-१ गोलको अग्रता लिएको छ । खेलको २९ औँ मिनेटमा संकटा क्लबका लागि सरोज दाहालले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिए ।

दाहालले गोल गरेको २ मिनेटमा नै संकटाका लागि दिपेश आले मगरले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

उनले म्याक्सवेलले दिएको क्रसलाई सदुपयोग गर्र्दै गोलपोष्टको जाली चुमाए ।

 प्रतिस्पर्धात्मक बनेको खेलको ३९ औँ मिनेटमा प्ुलिस क्लबका लागि रवीशंकर पासवानले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । अहिले दोस्रो हाफको खेल जारी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?