लागुऔषध माफिया चापोका छोरा पक्राउ परेसँगै मेक्सिकोमा भीषण दंगा, ३ जनाको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । विश्वको सबैभन्दा ठूलो लागुऔषध माफिया मानिने अल चापोका छोरा ओभिडियो गुज्मान लोपेज हिजो मेक्सिकोमा पक्राउ परेका छन् । त्यसयता मेक्सिकोमा भीषण दंगा शुरु भएको छ । दंगामा परेर अहिलेसम्म ३ जनाको मृत्यु भएको अन्तराष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एल चापोलाई विश्वको सबैभन्दा ठूलो ड्रग माफिया मानिन्छ। मेक्सिकोमा ठूलो मात्रामा लागूऔषध कार्टेल चलाउने अल चापो उर्फ ​​जोआकिन गुज्म्यानलाई २०१९ मा पक्राउ गरी आजीवन कारावासको सजाय सुनाइएको थियो। यसपछि, उनका छोरा ओभिडियो गुज्मान लोपेजले आफ्नो बाबुको लागूऔषध व्यवसायलाई आफूले सम्हालेको घोषणा गरे। लोपेजलाई गिरफ्तार गरेपछि अहिले दंगा भड्किएको छ ।

३२ वर्षीय ओभिडियो महिनौंदेखि प्रहरीको नजरमा थिए । एक अपरेशन चलाउँदै, प्रहरीले मेक्सिकन राज्य सिनालोआको कुलियाकान शहरबाट ओभिडियोलाई पक्राउ गर्यो ।

त्यसपछि उनको गिरोहका सदस्यहरूले धेरै ठाउँमा दंगा गर्न थाले। झडपका क्रममा धेरै सवारी साधनमा आगजनी गरिएको थियो । ओभिडियोका गिरोह सदस्यहरूले शहरको विमानस्थलमा पनि आक्रमण गरेका थिए। दुईवटा हवाईजहाजमा समेत गोली हानाहान भएको थियो । गोलाबारीको यस घटनामा सुरक्षा बलका तीन अधिकारीको मृत्यु भएको थियो।

धेरै ठाउँमा आगो लगाइयो

दंगाका क्रममा ओभिडियोको गिरोहका सदस्यहरूले कुलियाकानका धेरै ठाउँमा भीषण दंगा भड्काए, धेरै बसहरू र अन्य सार्वजनिक सम्पत्तिमा आगजनी गरेका छन्। सिनालोआ राज्यका गभर्नरका अनुसार यी दंगाका कारण १८ जनाभन्दा बढी घाइते भएका छन्।

दंगा रोक्न प्रयास जारी

पुलिसले दंगा रोक्न सक्दो प्रयास गरिरहेको छ। यस अवधिमा मानिसहरूलाई घरमै बस्न अपिल गरिएको छ। राज्यका सबै विद्यालयहरू बन्द गरिएका छन् र १०० भन्दा बढी उडानहरू रद्द गर्नुपरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?