नेपाली टिम बन्यो पब्जी विश्वकपमा उपविजेता

लोकपथ
574
Shares

काठमाडौं । नेपाली टिम पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औँ स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?