मध्य-भोटेकोशीले फेरि खुलायो २७ लाख कित्ता अार्इपीअो

काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविधुत आयोजनाले आज बुधबारदेखि फेरि २७ लाख कित्ता प्राथमिक शेयर (आर्इपीओ) खुलाएको छ ।

यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि १ करोड २७ लाख कित्ता अार्इपीअो जारी गरिसकेको भोटेकोशीले फेरि शेयरधनी संस्था र सञ्चयकोषका कर्मचारीका लागि २७ लाख कित्ता अार्इपीअो बिक्री खुला गरेको हो । भोटेकोशीले सर्वसाधारणका लागि जारी गरेको अार्इपीअो बाँडफाँटको प्रकृयामा छ ।

सम्बन्धित संस्थाका कर्मचारीहरूले मंसिर २६ गतेसम्म मध्य भोटेकोशीको अार्इपीअोमा अावेदन दिन सक्नेछन् । न्यूनतम ५० देखि १० अंकले भाग जाने अधिकतम १२०० कित्ता सम्म अावेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । 

लगानीकर्ताले अनिवार्य रूपमा सी-आस्वा दिने बैंक तथा वित्तीय संस्थाबाट मात्र भोटेकोशीको शेयर भर्न सक्नेछन् । यस्तै, शेयर भर्दा कर्मचारी परिचयपत्र र सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । साथै, आवेदकको सीआरएन र डिम्याट खाता पनि अनिवार्य गरिएको छ । 

दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासीका लागि ६० करोड रूपैयाँको आर्इपीओ जारी गर्नेछ । त्यसपछि मात्रै तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रूपैयाँको आर्इपीओ खुला गर्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?