अरूण भ्याली अायोजनाले शेयरधनीलार्इ शतप्रतिशत हकप्रद दिने

काठमाडौं : अरूण भ्याली हार्इड्रोपावर डेभलपमेन्ट कम्पनीले अाफ्ना शेयरधनीलार्इ सतप्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पेश गर्न लागेको छ ।

मंसिर २७ गते बस्ने कम्पनीको एक्कार्इसाैं साधारणसभामा कम्पनीको सञ्चालक समितिले हकप्रदका लागि प्रस्ताव पेश गर्ने र त्यसलार्इ पारित गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले अाज बुधबार नै बुकक्लोज गर्दैछ । हकप्रद शेयर वितरणको प्रकृया मिलाउनका लागि सञ्चालक समितिलार्इ अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत साधारणसभामा पेश हुनेछ । 

यो कम्पनीले यसअघि एफपीअो जारी गर्ने जनाएपनि त्यसलार्इ स्थगत गरेर अाफ्ना शेयरधनीलार्इ हकप्रद शेयर जारी गर्न लागेको हो । यही कम्पनीले निर्माण गर्न लागेको काबेली बी-१ क्यासकेड जलविधुत अायोजना (९.९४ मेगावाट) का लागि साधारणसभामा ऋण प्रस्ताव पेश गरि पारित गर्ने कार्यसूची समेत राखिएको छ । 

र्इन्द्रेणी फुडल्याण्ड नयाँ बानेश्वरमा अायोजना हुने साधारणसभामा कम्पनीको अधिकृत र जारी पुँजी १ अर्ब ५० करोडबाट बृद्धि गरि २ अर्ब ५० कोड रूपैयाँ पु-याउने, आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र हकप्रद पश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पेश गरिने सञ्चालक समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?