चाैतारी लघुवित्तको ५ लाख ६० हजार कित्ता अार्इपीअो खुल्यो

काठमाडौं : बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले अाजदेखि ५ लाख ६० हजार कित्ता साधारण शेयर (आर्इपीओ) बिक्री खुला गरेको छ । कात्तिक ११ गते बसेको लघुवित्तको साधारणसभाले पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै अाजदेखि ५ करोड ६० लाख रूपैयाँ बराबरको अार्इपीअो बिक्री शुरू गरेको हो ।

प्रतिकित्ता १०० रूपैयाँका दरले ६ लाख कित्ता अाइपीअो बिक्री खुला गरेपनि सर्वसाधारणले कर्मचारी र म्युचुअल फण्डलार्इ छुट्याएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा अावेदन गर्न सक्नेछन् । 

रेटिङ एजेन्सी र्इक्रा नेपालले यो लघुवित्तको अार्इपीअोलार्इ 'अार्इपीअो ग्रेड-४' रेटिङ गरेको छ, जसअनुसार कम्पनीको अवस्था अाैषतभन्दा कमजोर रहेको देखिन्छ । साविकको लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ जिल्लालार्इ कार्यक्षेत्र बनार्इ लघुवित्त सेवा प्रदान गर्दै आएको चौतारीको आर्इपीओ बिक्री प्रबन्धकको जिम्मा एनआर्इबीएल क्यापिटलले पाएको छ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि अाश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो लघुवित्तको अार्इपीअो खरिदका लागि मंसिर २३ गतेसम्म अावेदन दिन सकिन्छ । साथै मेरो शेयरमार्फत अनलार्इनबाटै पनि शेयर खरिद अावेदन दिन सकिने व्यवस्था छ । र्इच्छुक लगानीकर्ताले न्यूनतम ५० र अधिकतम ३ हजार कित्तासम्मका लागि अावेदन दिन सक्नेछन् । 

पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले चौतारीले भदौ २५ गते नै आर्इपीओ बिक्री गर्न अनुमति दिर्इसकेको छ । आर्इपीओ बिक्री गरेपछि यो लघुवित्तले चुक्ता पूँजी १८ करोड रूपैयाँ पु-याउनेछ । हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?