वीरगंज : पशुपति फुड ट्रेडरका मालिक राजेश महतो नुनिया तस्करी गर्न लागेको ७०० किलो मरिचसहित पक्राउ परेका छन् ।
गोप्य सूचनाका अाधारमा पर्सा प्रहरीले छापा हान्दा नुनियाको उद्योगमा अवैध तरिकाले भन्डारण गरि राखिएको मरिच फेला परेको छ ।
मरिचसहित समातिएका नुनियालार्इ पर्सा प्रहरीले अावश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथपैयामा पठाएको छ ।
विदेशबाट सस्तो मूल्यमा मरिच खरिद गरि भारत तस्करी गरि महंगोमा बेच्ने मरिच तस्करको गिरोहले वीरगंजलार्इ तस्करीको अाधारक्षेत्र बनार्इरहेको छ ।
पछिल्लो समय पर्सा प्रहरीले तस्करी नियन्त्रण गर्न अनुसन्धान र कारबाहीलार्इ तीब्र पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया