एजेन्सी । ब्राजिल तथा स्पेनी क्लब बार्सिलोनाका मिडफिल्डर राफिन्फा मैदान बाहिर रहने भएका छन् ।
मिडफिल्डर राफिन्हा ६ महिनाको लागि मैदान बाहिर रहने भएका हुन् । देब्रे घुडाँमा लागेको चोटको शल्यक्रिया गरेका राफिन्हाले आरामको आवश्यकता रहेको चिकित्सकले जानकारी दिएका छन् । उनी जारी स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत एथ्लेटिको म्याड्रिडविरुद्धको खेलमा दौरान घाइते भएका थिए ।
सो खेल भने एक-एक गोलको बराबरीमा सकिएको थियो ।
२५ वर्षे राफिन्हा तेस्रो पटक घाइते हुँदै मैदान बाहिर रहेका हुन् । यसअघि उनी सन् २०१५ मा दाहिने घुडाँको चोटको कारण ७ महिना मैदान बाहिर रहेका थिए । उनले यसै सिजनमा पाँच पटक ला लिगा र दुई च्याम्पियन्स लिग खेल खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया