काठमाडौं। भारतका उद्यमी विजय माल्याले आफू बैंकको ऋण भुक्तान गर्न तयार रहेको समाजिक सञ्जाल ट्वीटमार्फत बताएका छन् । उनी विभिन्न बैंकबाट ऋण लिएर देशबाटै फरार भएका थिए ।
उक्त ट्वीटमा उनले ‘म बैंकको सबै ऋण तिर्छु तर ब्याज तिर्दिन’ भनेर लेखेका छन् । उनका अनुसार भारतमा उनलाई मिडिया र नेताहरुले अपराधि बनाइरहेका छन् ।
किङफिसर एयरलाइन्सले राम्रो राजश्व तिरेको तर एयरलाइन्स घाटामा गएपछि उनलाई कर तिर्न गाह्रो भएको उनले बताएका छन् । उच्च अदालतमा पनि अपील गर्दै सबै बैंकको साँवा रकम तिर्न आफू तयार रहेको विजयले बताए । उनले आफ्नो कुरालाई सबैले बेवास्ता गरेको समेत आरोप लगाएका छन् ।
उनी अहिले लण्डनमा रहेको बताइन्छ । अदालतका अनुसार उनले करीब ९ हजार करोड ऋण खाएको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया