काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले एकीकृत कारोबार शुरु गरेका छन् । प्रभुले सेञ्चुरीलाई प्राप्ती गरी आज मंगलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो ।
एकीकृत कारोबारको शुभारम्भ प्रतिनिधि सभा सदस्य समेत रहेका बैंकका पुर्व अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन । एकीकृत कारोबार पश्चात प्रभु बैंक सञ्चालक समितीको अध्यक्ष पदमा लिला प्रकाश सिटौला रहेका छन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा प्रभु बैंक कै अशोक शेरचन रहेका छन । एकीकृत कारोबार पश्चात बैंकको चुक्ता २३ अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ ।
यसैगरी बैंकको कुल सम्पती तीन खर्ब ४० अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ भने कुल निक्षेप दुई खर्ब ८४ अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ । एकीकृत कारोबार पश्चात बनेको प्रभु बैंकको कुल कर्जा रकम भने दुई खर्ब ५३ अर्ब रुपैंयाँ भन्दा बढी पुगेको छ ।
एकीकृत कारोबार पश्चात सबै क्षेत्रमा गरी तीन सय ६५ वटा शाखा, तीन सय नौ वटा एटीएम काउन्टर र ७२ वटा एक्सटेन्सन काउन्टर पुगेको छ । यसैगरी बैंकको कुल ग्राहक संख्या ३० लाख भन्दा बढी पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया