कुमारी बैंकको नयाँ शाखा जनबहाल भेडासिंहमा

लोकपथ
35
Shares

काठमाडौं । कुमारी बैंकले काठमाडौंको जनबाहल, भेडासिंह शाखा सोमबारबाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्धघाटन काठमाडौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोलले गरेको बैंकले जनाएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको बताएको छ ।

विगत २१ वर्षदेखि बैंकिङ सेवा दिदै आएको बैंकले देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ इकाईहरूमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?