काठमाडौं : बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले हिजो (बुधबार) देखि ५ लाख ६० हजार कित्ता साधारण शेयर (आर्इपीओ) बिक्री खुला गरेकोमा पहिलो दिनमै निर्धारित कित्ताभन्दा ६.६० गुणा बढी अावेदन परेको छ ।
बिक्री प्रबन्धक एनअार्इबीएल एस क्यापिटलका अनुसार बुधबार दिउँसो साढे ४ बजेसम्ममा ६२ हजार जनाले ३७ लाख कित्ता अार्इपीअोमा अावेदन दिएका छन् । चाैतारीले प्रतिकित्ता १०० रूपैयाँका दरले ६ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । कर्मचारी र म्युचुअल फण्डलार्इ छुट्याएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा सर्वसाधारणले आवेदन पेश गरिरहेका छन् ।
रेटिङ एजेन्सी र्इक्रा नेपालले यो लघुवित्तको आर्इपीओलार्इ 'आर्इपीओ ग्रेड-४' रेटिङ गरेको छ, जसअनुसार कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको देखिन्छ । साविकको लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ जिल्लालार्इ कार्यक्षेत्र बनार्इ लघुवित्त सेवा प्रदान गर्दै आएको चौतारीको आर्इपीओ बिक्री प्रबन्धकको जिम्मा एनआर्इबीएल क्यापिटलले पाएको छ ।
धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यो लघुवित्तको आर्इपीओ खरिदका लागि मंसिर २३ गतेसम्म आवेदन दिन सकिन्छ । साथै मेरो शेयरमार्फत अनलार्इनबाटै पनि शेयर खरिद आवेदन दिन सकिने व्यवस्था छ । र्इच्छुक लगानीकर्ताले न्यूनतम ५० र अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले चौतारीले भदौ २५ गते नै आर्इपीओ बिक्री गर्न अनुमति दिर्इसकेको छ । आर्इपीओ बिक्री गरेपछि यो लघुवित्तले चुक्ता पूँजी १८ करोड रूपैयाँ पु-याउनेछ । हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रूपैयाँ रहेको छ ।
कात्तिक ११ गते बसेको लघुवित्तको साधारणसभाले पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेसँगै आजदेखि ५ करोड ६० लाख रूपैयाँ बराबरको आर्इपीओ बिक्री शुरू गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया