एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

लोकपथ
84
Shares

काठमाडौं । एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकका संचालक समितिका अध्यक्षको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एनएमबि बैंकको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व.२०७८र७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप  १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?