कर्णाली सरकारले नवौं खेलकुदमा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने, स्वर्ण जित्नेलाई २ लाख

लोकपथ
49
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद सहित विभिन्न प्रतियोगितामा प्रदेशका लागि पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले मन्त्रीपरिषद् स्तरीय निर्णयबाट पदक विजेता प्रदेशका खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले नवौंमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही दुई लाख, रजतलाई डेढ लाख र कास्यलाई एक लाख रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

नवौं र राष्ट्रपति रनिङ शिल्डमा प्रदेशबाट पदक जित्ने ४७ जना खेलाडीले २५ लाख ५५ हजार पुरस्कार रकम प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?