मंसिर २९ गते क्लाइमाण्डु’ प्रतियोगिता हुने

काठमाडौं । नेपालको सबैभन्दा ठूला क्लाइमिङ ‘पहरा चढ्ने’ प्रतियोगिताको पाँचौं संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ । 

एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महाप्रबन्धक नीरज कार्कीले बताए। दुई दिनसम्म चल्ने प्रतियोगितामा ३० जना खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा माथि पुग्ने ‘लिड’ सबैभन्दा चाँडो माथि पुग्ने ‘स्पीड’ र छोटो तथा अप्ठ्यारो चढ्ने ‘बोल्टरिङ’ गरी तीन विधामा खेलाइनेछ । 

नेपालमा सन् २०१२ देखि नेपाल पर्वतारोहण प्रतिष्ठानको आयोजनामा पहिलोपटक क्लाइमिङ प्रतियोगिता शुरु गरिएको थियो । त्यसपछि एस्ट्रेकले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । प्रतियोगितामा खेलाडीले १५ मिटरको अग्लो पहरा चढ्ने छन् ।

एस्ट्रेकका महाप्रबन्धक कार्कीले नेपालमा क्याइमिङ खेलको आकर्षण बढ्दै गएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?