युनाईटेड र अजोड इन्स्योरेन्स मर्ज हुने

लोकपथ
14
Shares

काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी मर्ज हुने भएका छन् । दुबै कम्पनीहरुले मंगलबार गाभिने अर्थात मर्जर सम्बन्धी सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक चिरञ्जीवी द्धाले हस्ताक्षर गरेका छन् ।

दुबै संस्था एकआपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी रहने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?