एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेट प्रतियोगितामा भारतले खराब शुरुवात गरेको छ ।
एडिलेडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको लन्च ब्रेकसम्म ४ विकेट गुमाइसेकेको छ ।
२७ ओभरको खेल सकिदाँ भारतले ४ विकेट गुमाउँदै ५६ रन बनाएको छ । भारतका लागि केएल राहुल २ रनमा पेभेलियनमा फर्किए । यता मुरली विजय ११ रनमा, कप्तान विराट कोहली २ तथा आजिक्या रहाणे १३ रनमा आउट भए ।
अष्ट्रेलिया र भारतबीचको चार म्याचको टेष्ट सिरिजको पहिलो खेल एडिलेडमा भइरहेको छ । क्रिकेट इतिहासमा भारतीय टिमले अहिलेसम्म अष्ट्रेलियाको भुमीमा टेष्ट सिरिज जितेको छैन ।
अष्ट्रेलिया भ्रमणमा रहेको भारतले चार टेष्ट र तीन वान डे सिरिज खेल्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया