काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि बाह्य लेखापरीक्षक श्री एम.जि.एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतले हुन आउने रकम पाँच करोड १४ लाख आठ हजार बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव २६ प्रतिशतले हुन आउने रकम पनि तिवरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरिएको कम्पनीको भनाई छ । कम्पनीको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई एक अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ ।
त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व.२०७८÷७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई दुई करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पौष ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया