काठमाडौं । लक्ष्मी बैंकले २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब ३९ अब रुपैंयाँ निक्षेप र एक खर्ब ३२ अर्ब रुपैंयाँ कर्जा पु¥याएको बैंकको वासलातको आकार एक खर्ब ७३ अर्ब रहेको छ । सो आथिक वर्षमा बैंकले एक अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया