काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै हिम इलेक्ट्रोनिक्समा विशेष छुट योजना ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैंकले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
विगत २८ वर्ष देखि अनवरत रुपले सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंस्थित हिम इलेक्ट्रोनिक्स प्रालि.सँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसंग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले सामसँग प्लाजाबाट कन्जुमर इलोक्ट्रोनिक्सहरुको खरिदमा १५ प्रतिशत र मोवाईल फोनको खरिदमा पाँच प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया