काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्धामा धरौटीमा रिहा भएका छन् । २० लाख धरौटी तिरेपछि क्रिकेटर लामिछाने आज थुनामुक्त भएका हुन् ।
रिहा हुनुअिघ केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको थियाे । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधिश रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामापठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा शशर्त छाड्न आदेश दिएको हो ।
भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिईन् । असोज २० गते नेपाल फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका थिए । नाबालिका बलात्कारको आरोपमा कात्तिक १८ गते सन्दीप पुर्पक्षका लागि थुनामा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया