काठमाडौं । प्राईम कर्मसियल बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा कार्की व्याङ्क्वेट, ववरमहल, काठमाडौंमा बैंकले बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक बर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पुँजीको चार दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस शेयर दिने निर्णय भएको छ ।
चुक्ता पूँजीको चार प्रतिशतका दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ । बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकहरुमा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालकहरुमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया