एजेन्सी । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जोए गोमेज ६ साता मैदान बाहिर रहने भएका छन् ।
जारी इंग्लिस प्रिमियर लिग अन्तर्गत गत बुधवार राति बर्नलेविरुद्धको खेलका दौरान गोमेज घाइते भएका थिए । सो खेल लिभरपुलले ३-१ गोल अन्तरले पराजित गरेको थियो । गोमेज बर्नर्लेका विन मिको गम्भीर ट्याकलमा घाइते भएका थिए ।
घाइते भएपछि उनी खेलको २३ औँ मिनेट मैदान बाहिरिएका थिए । उनको बाँया खुट्टाको गोलीगाठोमा गम्मिर चोट लागेको थियो । २१ वर्षे गोमजले १० खेल गुमाउने छन् ।
उनले म्यानचेस्टर युनाइटेड, आर्सनल, म्यानचेस्टर सिटी र च्याम्पियन्स लिगको नेपोलीविरुद्धको खेलहरु गुमाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया