काठमाडौं । रणवीर सिंहसँग इटालीमा गएर लगनगाँठो कसेँकी दिपीका पादुकोणको चर्चा अझैं सेलाएको छैन ।
हालै उनले चर्चित म्यागजित जीक्यूको भारतीय संस्करणको लागि अत्यन्तै सुन्दर फोटो सुट गराएकी छिन् ।
बिहे र रिसेप्सन पछि बाहिर आएको दीपिकाको यो फोटो अहिले इन्टरनेटमा भाइरल छ । जीक्यू इन्डियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको फोटो सुटका केही तस्बिर शेयर गरेको छ ।
इटालीको कोमो लेकमा दीपिका र रणवीरको कोँकणी र सिन्धी परम्पराअनुसार विहे भएको थियो । बिहेपछि भारत फर्किएर उनीहरुले बैंग्लुरु र मुम्बईमा भव्य पार्टीको आयोजना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया