काठमाडौं । आईसी एफसी फाईनान्स लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्सले शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगा पार्टी प्यालेसमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात् पाँच प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा श्री एन.अमात्य एण्ड क.चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।
चुक्ता पुँजी एक अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टर र २० वटा एटिएम. मार्फत एक लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १८ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया