मञ्जुश्री फाईनान्सको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । थापागाउँ, नयाँबानेश्वरमा शुक्रबार भएको साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित भएको फाईनान्सले जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ मंसिर मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको यो फाईनान्सले १२ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरि ११ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसका साथै फाईनान्सले विप्रेशण, मोबाइल बैकिंग, अनलाईन खाता र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?